Notices
सूचना
यस मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस, रुकुम पश्चिममा शैक्षिक सत्र २०८३ असारदेखि सञ्चालन भइरहेका विभिन्न विषयहरूको पठनपाठनका लागि थप जनशक्ति आवश्यक परीरहेकाले चालु शैक्षिक सत्रका लागि केही शिक्षकहरूलाई कोर्स करार (Roster Group) मा सूचीकृत गर्नुपर्ने भएकोले देहायका विषयहरूमा कोर्स करार (Roster Group) मार्फत पठनपाठन सेवा दिन इच्छुक तथा आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरूले २०८३ साल श्रावन ५ गते भित्र आफ्नो निवेदन, बायोडाटा (CV) तथा शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि यस क्याम्पसमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
रोस्टर समूहका लागि आवश्यक विषयहरूः
१. गणित शिक्षा
२. नेपाली शिक्षा
३. अङ्ग्रेजी शिक्षा
४. व्यवस्थापन
